घरदैलोमा पुगेर सेवा दिँदै दार्चुला प्रशासन, ७४ वर्षीया धामीलाई समेत नागरिकता प्रदान

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरदैलोमै पुगेर सेवा दिने कार्यलाई जारी राखेको छ । विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई उनीहरुको घरदैलोमा पुगेर सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकाले अनुरोध गरे अनुसार मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा बस्दै आएका तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । मानसिक रुपमा अस्वस्थ रहेका मालिकार्जुनको वडा नम्बर ३ का ५५ बर्षीय केशवसिंह धामी, वडा नम्बर ४ का जेष्ठ नागरिक ७४ बर्षीया अनिता धामी र मानसिक रुपमा अस्वस्थ रहेका वडा नम्बर ४ कै करबीरसिंह धामीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । उनीहरु तीनै जनालाई शनिबार नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको प्रशासनले जनाएको छ ।

यो भन्दा पहिला पनि समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको दार्चुला प्रशासनले जनाएको छ । अन्य पालिकामा पनि समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गरेको छ । गाउँघरमा धेरै नागरिकले उमेर पुग्दा समेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित रहेका छन् । नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू, फूल  र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?