मदिरा नियन्त्रणमा लेकम–३ लालीका महिला सक्रिय

दार्चुला । महिला विरुद्ध हुने घरेलु हिंसा वृद्धि हुनुमा मदिरा सेवन प्रमुख कारण रहेको भन्दै लेकम गाउँपालिका वडा नम्बर ३ लालीका महिला मदिरा नियन्त्रणमा प्रहरीसँगै हातेमालो गर्ने भएका छन् । लालीका एक जना स्थानीय महिलाले भन्नुभयो, मदिराले घरझगडा हुनुका साथै सामाजिक, आर्थिक र पारिवारिक रुपमा विभिन्न समस्या निम्तिन थालेकोले मदिरा नियन्त्रणको अभियान थालेका छौँ ।

आज प्रहरीको रहोबरमा महिलाहरुको बैठक बसेर मदिरा नियन्त्रणका लागि विभिन्न विषयमा छलफल गर्दैै ओसारपसार, बिक्रिबितरण र सेवन गर्ने गराउनेलाई कडा कार्वाही गर्ने निर्णय गरिएको छ । मदिरा निशेधित क्षेत्र लेकम गाउँपालिकाका विभिन्न बस्तीमा अबैध मदिराका कारण घरेलु हिसां र अशान्तिका घटनाहरु बढेका छन् । लेकम ३ लालीमा मदिरा विक्रिवितरण जथाभावी हुनथालेपछि स्थानीय महिला र सीमा प्रहरी चौकीले मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी थालेको बताइएको छ । लाली क्षेत्रमा मदिरा ओसारपसार गर्नेलाई १५ हजार, बेचबिखन गर्नेलाई १० हजार, सेवन गर्नेलाई ५ हजार, कुटपिट गर्नेलाई तीन हजार, गालिबेइज्जत गर्नेलाई २५ सय जरीवाना गर्ने गरी निर्णय गरिएको स्थानीय महिलाहरुले बताएका छन् ।

मदिरा निशेधित क्षेत्र लेकममा लुकाएर बिक्रि तथा सेवन गर्ने गरेको पाइन्छ । गाउँमा झैझगडा बढेपछि लालीमा महिलाहरु सक्रिय रुपमा मदिरा निशेध गर्ने अभियानमा लागेका हुन् । दार्चुलामा घरेलु हिसां र अपराधको प्रमुख कारणका रुपमा मदिरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांकले पनि देखाउछ । अधिकासं हिसांका घटनाको कारण मदिरा हुने गरेकोले मदिरा निशेध गर्ने कार्य प्रशंसनिय रहेको महिला अधिकारकर्मीहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?