आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

दार्चुला । आज पुस २७ गते, नेपाल एकिकरणका महानायक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्म जयन्ती । देशभर बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

पृथ्वी जयन्तीको अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिँदैछ ।

विक्रम संबत १७७९ साल पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराको रुपमा जन्मनुभएका पृथ्वीनारायणले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

२० वर्षको उमेरमा राजगद्दीमा बस्नु भएका पृथ्वीनारायणको सिंगो जीवन देश एकीकरणमा बितेको थियो ।

पृथ्वीनारायणको सम्झनामा काठमाडौं लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गरिंदैछ । सिंहदरबार अगाडिको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान माल्र्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।

यस अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । वि.सं.२०६३ सालमा तत्कालिन सरकारका गृहमन्त्री कृष्ण सिटौलाले कटौती गरेको पृथ्वी जयन्तीको बिदा यस पटकदेखि पुनर्स्थापना भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?