पृथ्वीनारायणप्रति हार्दिक श्रद्धाका दुई सब्द

एउटा काल झै बनेको ईतिहास र समयको परिवर्तन संगै आधुनिकताका नाममा नेटो काट्दै गैरहेको तर नेपाल र नेपालीको पहिचानको मुख्यकेन्द्र बिन्दु, जसले नेपाल र नेपालीत्वको महसुस गरायो, नेपाल र नेपालीको अस्तित्वलाई मुर्तता दियो र नेपाल र नेपाली विचको सम्बन्धलाई अझ प्रगाड बनायो त्यसैले हामिले भुल्नै नहुने दिन दिन हो पौष २७ ।

नरभुपाल शाहले छिमेकी राज्य नुवाकोटमाथी पटक-पटक कोसिस गर्दा पनि विजय हासिल गर्न नसकेको र बुवाले अधुरो छोडेको कार्य पूरा गर्ने लक्ष्य लिएर अगाडी बढेका पृथ्वीनारायण शाहमा कालान्तरमा समस्त हिमवतखण्ड एकत्रित गरी पृथ्वीमा नेपाल नामको स्वतन्त्र एवम् अविभाज्य राष्ट्र निर्माण गर्ने आत्म विश्वास पैदा हुन्छ र सोही आत्मविश्वासलाई लिएर जीवनका ३२ बर्ष लडाइँमै खर्चिएका गोर्खाली राजा समस्त नेपालको बडामहाराजाधिराज बन्न पुग्दछ्न ।

दक्षिणतिर बेलायती औपनिवेशले ईन्डियालाई कब्जा गरिराखेको समयमा र मुगलहरुको समेत यस भूमिमाथी कुदृष्टी रहेको समयमा बडामहाराज पृथ्वीनारायण शाहले यी दुबैलाई चुनौती दिएर नेपाल एकीकरणको कामलाई अगाडी बढाउनु भएको थियो । आफ्ना राज्यमा रहेका विभिन्न जातजाती, भाषा, धर्मका मानिसहरूलाई समेटेर देश एकीकृत गराउनको लागि सहयोग लिई गोर्खाली सेना निर्माण गरि आफै युद्ध मोर्चामा अग्रपंक्तिमा खटिई बहामहाराजले यो देश निर्माण गर्नुभएको हो ।

यसरी हामीले राष्ट्रनिर्मातालाई भुल्नु पहिचान भुल्नु हो, पहिचान भुल्नु आफ्नो अस्तित्व भुल्नु हो। हामीलाई पहिचान सहितको स्वतन्त्रता चाहिएको हो । वर्षमा एकदिन रास्ट्रनिर्मातालाई सम्झदा हाम्रो राष्टियता झन उचाइमा पुग्छ।

यो देशलाई निर्माण गर्ने विदेशी विधर्मीको षड्यन्त्रबाट मुक्त गराई सदा सर्वदा स्वतन्त्र अस्तित्व कायम राख्न अमुल्य योगदान दिनु हुने पृथ्वीनारायण शाह अमर रहुन । उहाँ प्रती हार्दिक श्रद्धाञ्जली! नेपाल र नेपालीलाई एकताबद्ध बनाउने पृथ्विनारायण शाह सधै अमर रहुन सधै नेपाल र नेपालीको मनमुटुमा बसिरहुन, सधै नै पौष २७ मा राष्टिय एकता दिवस मनाउन पाइयोस…

-अठोला विरेन्द्र जोशी, शैल्यशिखर-८ बोहरीगाउँ, दार्चुला ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?