डिलाशैनी-३ स्थित जनप्रिय अबिमा पाँच दिनदेखि तालाबन्दी

बैतडी । बैतडीको एक विद्यालयमा विगत पाँच दिनदेखि ताला लगाइएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अभिभावकहरुले नै तालाबन्दी गरिदिएपछि पाँच दिन देखि पठनपाठन प्रभावित भएको छ। पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी पढाइबाट बञ्चित भएका छन्।

गत शुक्रबारदेखि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षकहरुको भनाई छ। तालाबन्दीले पठनपाठन अवरुद्ध भएपछि बालबालिकाहरु समस्या परेका छन्। प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए।

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ८० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?