मेयर धामीद्धारा रिम्बाटा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन, शैल्यशिखरमा २० स्वास्थ्य संस्था सञ्चालन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ स्थित रिम्बाटा सहरी स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । शैल्यशिखरका नगरप्रमुख विजयसिंह धामीले बुधबार रिम्बाटा स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केशबदत्त जोशीको अध्यक्षतामा आयोजित रिम्बाटा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा नगरप्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडासदस्य केशबदत्त ओझा, पूर्ववडाअध्यक्ष अजबसिंह बिष्ट, नगरपालिकाका उजुरी प्रशासक मनोरथ जोशी, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष मनोरथ जोशी, रोजगार संयोजक तेजराज तिमल्सीना, स्वास्थ्य संयोजक शिवदत्त जोशी लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव अभयराज मिश्रले गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा निर्माण भएको रिम्बाटा सहरी स्वास्थ्य केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको थिएन । उद्घाटन भएसंगै बुधबारदेखि सेवा सञ्चालनमा आएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले जानकारी दिनुभयो । बोहोरीगाउँ स्वास्थ्य चौकी अन्तरगत सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा अहेब बिस्ना जोशीलाई खटाइएको बोहोरीगाउँ स्वास्थ्य चौकी प्रमुख कृष्णानन्द पन्तले जानकारी दिनुभयो । ढिलै भएपनि गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन भएपछि खुसी लागेको स्थानीय नरेशदत्त जोशीले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट तत्काल आधारभुत स्वास्थ्य र परिवार नियोजन सेवा सञ्चालन हुने बताइएको छ ।

स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगरप्रमुख विजयसिंह धामीले जनताले अब गाउँमै स्वास्थ्य सेवा पाउने र नगरपालिकाबाट स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शैल्यशिखर नगरपालिकामा गोकुलेश्वर अस्पताल, पाँच वटा स्थाथ्य चौकी, आठ वटा सामुदायिक स्वास्थ्य इकाइ, तीन वटा सहरी स्वास्थ्य केन्द्र र तीन वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी २० वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?