दार्चुला । गलैनाथ माबि झरकाँडाको ६३ औँ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराज जोशीको अध्यक्षता तथा शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यतामा आयोजित बार्षिकोत्सव समारोहमा नगरउपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट, समाजसेवी धर्मानन्द जोशी, गंगादत्त जोशी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । सामाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको बार्षिकोत्सव कार्यक्रममा विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रधानाद्यापक जयधन जोशीले प्रस्तुत गर्नुभएको थियो ।
प्रधानाद्यापक जोशीका अनुसार विद्यालयको कुल बार्षिक आय एक करोड ४४ लाख ६९ हजार १२६ रुपियाँ, व्यय एक करोड २६ लाख ७५ हजार ५३४ रुपियाँ र बचत १७ लाख ९३ हजार ५९२ रुपियाँ रहेको छ । बार्षिकोत्सव कार्यक्रम विभिन्न सास्कृतिक प्रस्तुती, शुभकामना मन्तब्य र सम्मान लगायत कार्यक्रम गरेर समापन गरिएको हो ।
बार्षिकोत्सवको अवसरमा गलैनाथ माबि झरकडालाई मातृभूमि छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि ११ लाख रुपियाँ सहयोग गर्ने धर्मानन्द जोशी, असहाय बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएका वडाअध्यक्ष केशवदत्त जोशी र अवकाशप्राप्त शिक्षक गंगादत्त जोशीलाई सम्मान गरिएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष समेत रहनुभएका केशव जोशीले २०७४ सालदेखि आमाबुबा दुबै र आमा बा बुबामध्ये कुनै एक गुमाएका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दै आउनुभएको थियो । वडाअध्यक्ष जोशीले बुधबार कार्यक्रमको अवसरमा यो बर्षको छात्रबृत्तिबाफत आमाबुबा दुबै गुमाएका दुई जना टुहुरा बालबालिकालाई जनहि दुई हजार र आमा वा बुबामध्ये एक गुमाएका ३३ जनालाई जनहि एक हजार गरी ३५ जना असहाय बालबालिकालाई ३७ हजार रुपियाँ वितरण गर्नुभएको छ । विद्यालयमा लामो समय अद्यापन गर्नुभएका अवकाशप्राप्त भूतपुर्व शिक्षक गंगादत्त जोशीलाई समेत सम्मानित गरिएको विद्यालयले जनाएको छ ।
हाल युनाइटेड नेसनस एसिसेन्स मिसन इराकमा कार्यरत शिक्षाप्रेमी तथा समाजसेवी शैल्यशिखर नगरपालिका–८ पपरथलाका धर्मानन्द जोशीलाई विद्यालयमा ११ लाख सहयोग गरेर मातृभूमि छात्रबृत्ति अक्षयकोष स्थापना गरेकोमा विशेष सम्मान गरिएको प्रधानाद्यापक जोशीले बताउनुभयो ।
तस्बिरः पत्रकार हरिप्रसाद जोशी






विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया