दार्चुला । मार्मा गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामीको अध्यक्षतामा हिउँदे अधिवेशन तथा गाउँसभा उद्घाटन भएको हो ।
मार्मा गाउँपालिकाको सभाहलमा उद्घाटन भएको गाउँसभामा गाउँपालिकाको प्रगति विवरण प्रस्तुति, कार्यपालिका बैठकले गरेका निर्णयहरू र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ । कार्यपालिका लगायत सरोकारवालाहरूको सहभागीता रहेको गाउँसभा शुक्रबार सम्पन्न हुने गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




