विमान दुर्घटनाः ३२ जनाको शव निकालियो

दार्चुला । पोखरामा आज आइतवर बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

यति एयरलाइन्सको एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?