पाकिस्तानको संसदद्वारा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त

दार्चुला । पाकिस्तानको राष्ट्रिय संसदले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा दुःख व्यक्त गरेको छ ।

पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

‘विमान दुर्घटनाबाट दर्जनौँ मानिसको ज्यान गएको खबरबाट हामी दुःखी छौँ । यो दुःखको घडीमा पाकिस्तान, नेपाल सरकार र आम नागरिकसँग ऐक्यवद्धता जनाउँछ छ,’ पाकिस्तानको राष्ट्रिसभाको ट्वीटर ह्याण्डलमा दुख व्यक्त गरिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?