दार्चुला । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अहिलेसम्म ६४ जनाको शव फेला परेको दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएको छ ।
उहाँका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्याइको छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएको बताउनु भयो ।
मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयो।
खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया