दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनुभएको छ । अपिहिमाल गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलको एक कार्यक्रमका बिच विहिबार (आज) स्वागत गरिएको हो ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराको अध्यक्षतामा स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।
गत पुस महिनामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिह धामी अनिवार्य अवकाश भए पछि अपिहिमाल गाउँपालिका प्रमुख प्रशासकीय बिहिन भएको थियोे । प्रमुख प्रशासकीय अधिकृत रावल गाउँपालिकामा हाजिर भइसकेकोले आर्थिक, प्रशासनीक कामहरु सुचारु हुने बताइएको छ । गाउँकार्यपालिकाले आर्थिक अख्तियारीका लागि रावललाई जिम्मेवारी दिने तयारी गरेको छ ।
अधिकृत रावल डडेल्धुराको आलितालबाट सरुवा भएर अपिहिमाल आउनुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया