दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाडसम्मको ३३ के.भी. विद्युत लाईन चार्ज गरिने भएको छ ।
मकरीगाड हाइड्रोपावर प्रा.लि.द्धारा प्रवद्र्धित मकरीगाड जलविद्युत आयोजना १० मेगावाटको ३३ के.भी. विद्युत लाईन बलाँचस्थित ३३/१३२ के.भी. सवस्टेशन देखि मकरीगाड हाइड्रोपावर विद्युत गृहसम्म माघ १३ गते शुक्रबार चार्ज गरिने भएको हो ।
यहि माघ १३ गते शुक्रबार विहान मकरीगाडदेखि बलाँचसम्मको ३३ के.भी. विद्युत लाईन चार्ज गरिने भएकोले तार, पोल तथा स्टेहरु नछोइदिनुहुन अनुरोध गरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया