बाघले दिउँसै बाख्रा खान थालेपछि लेकमका किसान चिन्तित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा बाघले निरन्तर घरपालुवा जनावरहरुको सिकार गरिरहेको छ । बाघले दिउँसै बाख्रा खान थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।

विहिबार (आज) दिउँसो लेकम गाउँपालिका वडा नम्बर ५ सुङरखालीका कृषक पारस जोशीको चरनका लागि बनमा लगाएको बाख्रा बाघले मारेको छ । मानिसहरुको आँखै अगाडी बाख्रा मारेर बाघ भागेको स्थानीय रेबाधर जोशीले जानकारी दिनुभयो । केही महिना पहिलेदेखि लेकमका विभिन्न बस्तीमा बाँघले बाख्रा, गाई लगायत घरपालुवा जनावरको सिकार गरिरहेको छ ।

लेकमका दर्जनौँ खसी, बाख्रा लगायत घरपालुवा जनावरहरुलाई बाघले निरन्तर क्षति पुर्याउन थालेपछि किसानहरु चिन्तित बनेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?