मालिकार्जुनका सबै वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सम्बन्धि अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सबै वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत श्रमको सम्मान, राष्ट्रको अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत विहिबार उकु क्षेत्रबाट सुरु गरिएको कार्यक्रम विहिबार (आज) हुनैनाथ पुगेर सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, सेवाग्राही सम्म प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रकृतिको आधारमा कसरी पुर्याउने, श्रम तथा श्रमिकलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन गरी सबै श्रमिकलाई सम्मानजनक व्यवहार गर्ने संस्कृतिको विकास तथा १०० दिने रोजगारी सृजना सम्बन्धमा प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेका गतिविधिको बारेमा जानकारी गराइएको मालिकार्जुन गाउँपालिकामा कार्यरत रोजगार सहायक रामसिंह धामीले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरासिंह धामी, उपाध्यक्ष कल्यानसिंह धामी लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला लगायतको सहभागिता रहेको थियो । मालिकार्जुनका आठ वटै वडामा कार्यक्रम सम्पन्न भएको रोजगार सहायक धामीले बताउनुभयो ।

सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख र घरबाहिर को फोटो हुनसक्छ

सायद 1 व्यक्ति, बसिरहेको, उभिएको, रूख र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?