आज शहिद दिवस मनाइँदै

दार्चुला । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने चलन रहेको हो । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हो ।

शुक्रराज शास्त्रीलाई वि।स। १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो ।

त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा मारिएकाहरुलाई पनि शहिद घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?