दार्चुला । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।
अन्य प्रदेशको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । पानी नपर्दा माघ महिनाको मध्यमै गर्मी बढेको छ । देशका धेरै ठाउँमा बिहान बेलुका केही चिसो भए पनि दिउँसो गर्मी छ । घाम चर्किन थालेसँगै तापक्रम पनि बढ्न थालेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया