दार्चुला । नेपाल निजामती कर्मचारी संगठनको शैल्यशिखर नगरपालिकामा प्रथम नगर अधिवेशन उद्घाटन भएको छ । पेसागत महासंघ नेपालसंग आवद्ध निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरको पहिलो ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको प्रथम नगर अधिवेशन शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा उद्घाटन भएको हो ।
संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने नारासहित अधिवेशन उद्घाटन गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सचिव राजेन्द्र धामीले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष मनोरथ जोशीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशनमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एबं दार्चुला इन्चार्ज पदमराज जोशी, शैल्यशिखर नगरउपप्रमुख शान्ति खडायत र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट लगायतको विशिष्ट आतिथ्यता रहेको उक्त अधिवेशनमा कर्मचारी र विभिन्न पेशागत संघ संगठनका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया