लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ओझालाई दिने निर्णय

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अधिकृत छैटौँ शेखरचन्द्र ओझालाई दिने निर्णय गरिएको छ । लेकम गाउँपालिका गाउँकार्यपालिकाको बैठकले ओझालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

लेकम गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतले आर्थिक र प्रशासकीक काम गर्दै आउनुभएको छ । यसअघि अधिकृत नारायणदत्त भट्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएकोमा कार्यसम्पादन मूल्याङकन सन्तोषजनक नभएको भन्दै निमित्तको जिम्मेवारी ओझालाई दिने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले जानकारी दिनुभयो ।

ओझालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न संघीय मामिला मन्त्रालयबाट स्वीकृती माग गरिएको छ । आजको कार्यपालिका बैठकमा विभिन्न ३१ एजेण्डामा छलफल गर्ने कार्यतालिका रहेको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत फेर्ने निर्णय भएसंगै पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट विदामा बसेको लेकम गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?