एक महिनामै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ।

प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त हुनुभएको छ ।

मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उहाँ पदमुक्त हुनुभएको हो।

ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिइ तटस्थ बसिदिएपछि मुख्यमन्त्री रावलले बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए। त्यसपछि उहाँले विश्वासको मतमाथिको प्रस्तावलाई छलफलका लागि गर्नुभएको प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको हो।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?