लेकममा सामाजिक सुरक्षामा बार्षिक करिब ६ करोड खर्च हुँदै, पूँजीगत खर्च निरासाजनक

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा मात्रै एक बर्षमा करिब ६ करोड बजेट खर्च हुने गरेको छ । गाउँपालिकाभरी सामाजिक सुरक्षामा कुल पाँच करोड ९२ लाख २६ हजार ४१३ रुपियाँ बजेट खर्च हुने गरेको सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखाले जनाएको छ ।

गाउँपालिकामा पुँजीगत खर्चको अवस्था भने निरासाजनक रहेको पाइएको छ । अहिलेसम्म लेकम गाउँपालिकाको चालु खर्च १२ करोड ९९ लाख ८२ हजार १६० भएकोमा पुँजीगत खर्च ७५ लाख ३८ हजार ८९५ मात्रै भएको पाइएको हो । लेकम गाउँपालिकाको आयोजना र मालिकार्जुन सामुदायिक सस्थाद्धारा सञ्चालित रेडियो लोकदर्पणको सहजिकरणमा चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममको बस्तुस्थिति विवरण प्रस्तुतीका क्रममा पुजिगत खर्च हालसम्म ७५ लाख मात्रै भएको अधिकृत नारायणदत्त भट्टले जानकारी दिनुभयो । अहिलेसम्म योजना सम्झौता कार्य नै सम्पन्न हुन सकेको छैन । सम्झौता कार्य वडा वडामै पुगेर भइरहेको छ, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले भन्नुभयो, सम्झौता सकिएपछि पुँजीगत बजेट खर्चको गतिलाई बढाइन्छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा छ करोड चालु खर्च भएकोमा पुँजीगत अर्थात विकासे खर्च ५७ लाख मात्रै भएको पाइएको छ । चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरेर कुल ४६ करोड ३४ लाख ६९ हजार ९४९ रुपियाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ ।

लेकम गाउँपालिकाको आन्तरिक आम्दानी भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५५ हजार ३४ रुपियाँ मात्रै भएको पाइएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदानको भरमा स्थानीय तहहरुले बजेट निर्माण गर्ने गरेका छन् । आन्तरिक स्रोत नहुनु र प्राप्त अनुदानको समेत उच्चतम सदुपयोग हुन नसक्नु गम्भीर विषय रहेको बुद्धिजिविहरु बताउछन् । सेवा प्रवाह जनमैत्री हुनुपर्ने र सुशासनसहित गुणस्तरीय तथा दिगो विकासमा पालिकाको ध्यान जानुपर्ने लेकमबासीले सुझाब दिएका छन् ।

बुधबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पुर्वाधार निर्माण, आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा सेवा प्रवाह र संस्थागत विकासको क्षेत्रमा दर्जनौँ प्रश्न उठेकोमा गाउँपालिका अध्यक्ष रामदत्त जोशी, गाउँपालिका उपाध्यक्ष माधवी जोशी र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट लगायत सरोकारवालाहरुले जवाफ दिदै अगामी दिनमा कमजोरी सुधार गरेर जाने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सेवाप्रदायक र सेवाग्राही पक्ष अर्थात सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?