सुदूरपश्चिममा देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्री नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री नियुक्त गरेका छन् ।

उहाँले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?