महाकालीमा निजामती कर्मचारी संगठनको अधिवेसनबाट खत्रीको नेतृत्वमा कमिटी चयन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नेपाल निजामती कर्मचारी संगठनको अधिवेसन सम्पन्न भएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा शुक्रबार महाकाली नगरपालिकाको प्रथम नगर अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनबाट कर्ण बहादुर खत्री अध्यक्ष रहने गरी ११ सदस्यीय नगर कमिटी गठन गरिएको निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष मनोरथ जोशीले जानकारी दिनुभयो । यसअघि नेपाल निजामती कर्मचारी संगठनको शैल्यशिखर नगरपालिकामा बिष्णुदत्त जोशीको अध्यक्षतामा नगर कमिटी गठन गर्दै नगर अधिवेसन सम्पन्न भइसकेको छ ।

अन्य स्थानीय तहमा पनि अधिवेसनको तयारी भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

सायद १२ जना मानिसहरू, उभिएका मानिसहरू, रूख  र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?