दार्चुलाको महाकाली नदीमा बगेका एक पुरुषको मृत्यु

दार्चुला । महाकाली नदीमा बग्दै गरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको भएपनि मृत्यु भएको छ । महाकाली नदीमा व्यक्ति बगिरहेको खबर पाउनासाथ प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा पुर्याएपनि अस्पताल पुर्याउँदा ती व्यक्तिको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनुभयो ।

महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगरस्थित रिङ्न ताल नजिक महाकाली नदीमा ती व्यक्ति बगीरहेको खबर पाएपछि सोमबार बिहान प्रहरीले उद्धार गरेको थियो । उद्धार गरिएका अन्दाजी ५० बर्षीय पुरुषलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु भएका ती व्यक्तिको पहिचान भने खुल्न बाँकी रहेको छ । ती व्यक्ति कहाँबाट बगेका हुन् भन्ने जानकारी समेत नभएको प्रहरी निरीक्षक मगरले बताउनुभयो । मृतकको शव अहिले जिल्ला अस्पतालको लाश घरमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?