दार्चुला । दार्चुलाबाट निर्वाचित पूर्व सासंद एबं नेकपा (एमाले) पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटेर दार्चुलालाई बजेटमा प्राथमिकता दिन माग गरेको छ । फाल्गुन ३ गते आज पूर्वमन्त्री समेत रहनुभएका एमाले नेता ठगुन्नाको नेतृत्वमा लालबहादुर धामी, माओबादी नेता नर बहादुर बिष्ट लगायतले नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेललाई अर्थ मन्त्रालयमा भेटेर दार्चुलाका महत्वपूर्ण आयोजनाहरुमा यथेष्ट बजेट बिनियोजन गरिदिन माग गरेका हुन् ।
महाकाली कोरीडोर (दार्चुला–तिंकर सडक) मा नेपाली सेनाको लागि बिनियोजित बजेट कम भई काम बन्द भएकोले चालु आर्थिक वर्षको लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन, महाकाली नदी नियन्त्रण आयोजना (दार्चुला सदरमुकाम लगायत गोकुलेश्वर र नौगाडको लागि समेत श्रोत सहमति प्रदान गरिदिन, बिटुले–पारिबगर–खण्डेश्वरी सडक अन्तर्गत मकरीगाड–खण्डेश्वरीको बहुबर्षिय ठेक्काको लागि सहमति फायल अर्थमन्त्रालयमा रहेकोले शो को निर्णय गरिदिन, उच्च पहाडी तथा हिमाली जिल्लाको समृद्धि कार्यक्रमलाई निरन्तरता दिन र दार्चुला जिल्लाका संघीय खानेपानी योजनाको लागि बहुबर्षिय ठेक्का सहमतिको फायल अर्थमन्त्रालयमा रहेकोले आवश्यक निर्णय गरिदिन अनुरोध गरिएको भेटमा सहभागि एमाले युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया