मालिकार्जुन-३ का वडाअध्यक्षविरूद्द जबर्जस्तीकरणी गरेको जाहेरी, खोजि भइरहेको प्रहरीको भनाइ

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन सिंह धामीविरूद्द स्थानीय एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेको छ । वडाअध्यक्ष धामीले मालिकार्जुनकै एक महिलालाई माघ २० गते राती घरमा गएर जबरजस्तीकरणी गरेको आरोप लागेको हो ।

वडाअध्यक्ष धामीको नाममा गत शुक्रबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो । फरार रहेका वडा अध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष धामी उपचारको लागि काठमाण्डौँ गएको वडा कार्यालयले जनाएको छ ।

समाचारमा साङ्केतिक तस्बिर प्रयोग गरिएको*

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?