दार्चुला । दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको उहाँले बताउनुभयो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । केही दिन पहिले महाकाली नगरपालिका–५ मै एक घरमा समेत ग्यास लिक भएर आगलागी भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया