गाउँ सहर सबैतिर होली पर्वको रौनकता, मर्यादापुर्वक मनाउन दार्चुला प्रशासनको आग्रह

दार्चुला । दार्चुलासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो अस्ति देखिनै होली पर्वको रौनकता छाएको छ । गाउँदेखि सहर बजार सबैतिर होलीको रौनकता छाएको हो । उल्लासमय वातावरणमा विभिन्न समुह, क्लब र संस्था संगठनहरुको अगुवाइमा होलीपर्व खेल्ने र रमाइलो गर्ने गरिएको छ । साना बालबालिकादेखि, युवायुवती र बुद्धबृद्धाहरुले समेत होली खेलिरहेका छन् । दार्चुला सदरमुकाम खलंगामा सञ्चारकर्मीहरुले समेत होली खेलिरहेको पत्रकार रमेश खत्रीले जानकारी दिनुभयो ।

फागुन २२ गते परेको रंगको पर्व फागु पुर्णिमा अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर मर्यादापुर्वक सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो ।

प्रशासनले यस पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सव्य ढङ्गले मनाउदा मात्र होली पर्वको महत्व हुने भएकोले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । कसैको इच्छाविपरीत जवरजस्ती, अमर्यादित, गैरकानूनी काम गर्ने, रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि अनुरोध गरिएको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । यसवर्ष सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । पूर्णिमाको तीन दिन पहिले देखिनै होली खेल्ने चलन अनुसार दार्चुला र बैतडीका गाउँदेखि सहरबजारमा होलीको उल्लाषमय वातावरण सुरु भइसकेको छ ।

सायद पाठ को फोटो हुनसक्छ

सायद १२ जना मानिसहरू, उभिएका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?