दार्चुला । दार्चुलासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोउल्लाससहित होली पर्व मनाइदैछ । तीन दिन पहिलेदेखि गाउँदेखि सहर बजार सबैतिर होलीको रौनकता छाएको छ । उल्लासमय वातावरणमा विभिन्न समुह, क्लब र संस्था, संगठनहरुको अगुवाइमा रमाइलो गर्दै खेखिएको होलीपर्व फागुपूर्णिमाको दिन सोमबार (आज) सम्पन्न हुदैछ ।
साना बालबालिकादेखि, युवायुवती र बुद्धबृद्धाहरु समेत रंग खेल्दै होलीमा रमाएको लेकम गाउँपालिका–५ रिठाचौपाता होलीमा सहभागि उमाकान्त बिष्टले बताउनुभयो । पूर्णिमाको तीन दिन पहिले देखिनै होली खेल्ने चलन अनुसार दार्चुला र बैतडीका गाउँदेखि सहरबजारमा तीन दिनसम्म होलीको उल्लाषमय वातावरणमा होलीका पात्रहरु रमाएको सञ्चारकर्मीहरुको होलीमा सहभागि पत्रकार नरेन्द्र कार्कीले बताउनुभयो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।
फागु पर्वमा एक आपसमा विभिन्न रंग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको स्थानीयहरु बताउछन् । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम पछिल्लो समय बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व सभ्यताका साथ मनाइएको होलीमा सहभागि होरीका पात्रहरुले बताएका छन् ।
फागुन २२ गते परेको रंगको पर्व फागुपूर्णिमा अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय दार्चुलाले समेत सार्वजनिक सूचना मार्फत आग्रह गरेका थिए । होलीलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सव्य ढङ्गले मनाउदा मात्र होली पर्वको महत्व हुने भएकोले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्ने गरिएको होलीमा सहभागि प्रेम बिष्टले बताउनुभयो । होली पर्वको नाममा उच्छृङगल क्रियाकलाप (कसैको इच्छाविपरीत जवरजस्ती, अमर्यादित, गैरकानूनी काम गर्ने, रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग नगर्ने) नगर्न प्रशासनले आग्रह गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया