दार्चुलामा जिप दुर्घटनाः एकको मृत्यु, नौँ जना घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताउनुभयो। आज बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो। उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ।

जिप दुर्घटनामा महाकाली नगरपालिका–२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन्।

मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ। अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। जिपमा चालकसहित १० जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?