दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नविन बिष्ट चयन, ३ गते घोषणा गरिने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन सहमतिमै गरिएको छ । अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, नेबि संघ र अखिल छैटौँ चार वटै संगठन मिलेर स्ववियु सहमतिमै चयन गरिएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राद्यापक रमेश चन्द्र जोशीले जानकारी दिनुभयो । प्रतक्षतर्फ सहमति जुटिसकेको र सामानुपातिक सूचि समेत तयार गर्ने काम भइरहेकोले सबै प्रकृया पुर्याएर चैत ३ गते स्ववियुको आधिकारीक घोषणा गरिने उहाँले बताउनुभयो ।

सहमति अनुसार गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओबादी निकट अनेरास्ववियु क्रान्तिकारीका नविन बिष्ट सर्वसम्मत चयन भएका छन् । सचिवमा एमाले निकट अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषध्यक्षमा कांग्रेश निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का जगदीस बिष्ट चयन भएको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा अनेरास्ववियुबाट प्रतक्षतर्फ रुद्रसिंह बिष्ट, केशव दत्त जोशी, मनिसा साउँद र लक्ष्मी जोशी चयन भएका छन् । क्रान्तिकारीबाट हसिला चन्द र नेवि संघबाट गोविन्द सिंह डाँगा चयन भएका छन् ।

अखिल छैटौँलाई समेत मिलाएर सामानुपातिकतर्फ समेतको नतिजा तयार गरी चैत ३ गते स्ववियु निर्वाचनको आधिकारी घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?