दार्चुलामा विद्युत मिटर अभाव, वितरण कार्य बन्द

दार्चुला । दार्चुलामा विद्युत मिटरको अभाव भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले मिटर अभावमा नयाँ विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरेको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै चैत २ गतेदेखि अर्को सूचना प्रकाशन नहँदा सम्म विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरिएको जनाइएको छ ।

पछिल्लो समय दार्चुलाका विभिन्न ठाउँमा राष्टिय प्रसारणको लाइन विस्तार भएसंगै मिटरका ग्राहकको संख्यामा समेत बृद्धि भएको छ । मिटर अभाव तथा वितरण कार्य बन्द गरिदा चाँडै विद्युत बाल्ने आशामा बसेका सेवाग्राहीहरुलाई समस्या हुने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?