दार्चुला । दार्चुलाको सबैभन्दा बढी विद्यार्थी संख्या भएको दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बुधबार सम्पन्न भएको छ । ताजा मतपरिणाम अनुसार दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामीको अग्रता कायमै रहेको छ । २५० मत गणना गर्दा अनेरास्ववियुका धामीले १३४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेबिसंघका भानबहादुर पालले ११४ मत प्राप्त गर्नुभएको छ ।
अझै २५२ मत गणना गर्न बाँकी रहेको मतगणनास्थलबाट अनेरास्ववियु जिल्ला सचिव नरेन्द्र जोशीले जानकारी दिनुभयो । दार्चुला बहुमुखी क्याम्पस स्ववियु निर्वाचनका लागि मतदाता ५४६ रहेकोमा प्रत्यक्षतर्फ ५०२ र समानुपातिकतर्फ ५०० मत खसेको थियो । यहाँ दुई विद्यार्थी संगठनका र स्वतन्त्र उम्मेदवार गरी स्ववियु सभापतिमा तीन जना चुनाव लड्दैछन् । निर्वाचन अधिकृत धाना धामीका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको तर्फबाट सभापतिमा कृष्ण धामी, सचिवमा धनसिंह धामी, कोषाध्यक्षमा मनिसा डडाल, सदस्यमा दिपु सिंह महता, सुनिता धामी, हेमा ठगुन्ना, सुनिल कार्की, कामला कार्की, बसन्ती धामी उम्मेदवार छन् । भने नेविसंघको तर्फबाट सभापतिमा भान बहादुर पाल, सचिवमा जवन सिंह डडाल, कोषाध्यक्षमा विजया जोशी, सदस्यहरुमा भीम सिंह ऐरी, पुष्पा महता, दिपक राज भट्ट, रेखा पार्की, राजेन्द्र बोहरा, र रोशन सिंह मन्याल उम्मेदवार छन् । यस्तै स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीको पनि सभापति पदमा उम्मेदवारी छ ।
दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका छन भने नेबि संघ एक्लै प्रतिस्पर्धामा छ । दार्चुला बहुमुखी क्याम्पसमा सचिवमा नेबिसंघको र सचिवबाहेक सबै पदमा गठबन्धनको अग्रता देखिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका नबिन बिष्ट सभापति रहने गरी सबै संगठनको सहमतिमै स्ववियु चयन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जिल्लाका चार क्याम्पसमा चैत ५ गते (आइतवार) स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलले तीन र नेविसंघले एक स्थानमा विजय हासिल गरेको छ । अनेरास्ववियूको तर्फबाट शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भएका छन् । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजय भएका छन् । संयुक्त प्यानल सँग स्ववियु निर्वाचन लडेको नेविसंघले राष्ट्रिय क्याम्पस दत्तुमा विजय गर्यो । त्यहाँ सरोज ग्वाईलाले स्ववियु सभापतिमा विजय हासिल गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित छ ।
डिएमसीमा २५० मत गणना हुँदासम्म
सभापतिमा अखिलका कृष्ण धामी १३४, भान बहादुर पाल ११४ र स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशी २ मत
सचिवमा संयुक्त गठबन्धनका धनसिह धामी ११८, जवन सिह डडाल १३०
कोषाध्यक्षमा संयुक्त गठबन्धनका मनिसा डडाल १३०, नेबिसंघका बिजया जोशी ११९
सदस्यमा दिपु सिहँ महता १३०, भिमसिह ऐरी ११७
सुनिता धामी १३२, पुस्पा महता ११५
हेमा ठगुन्ना १२७, दिपकराज भट्ट ११८
सुनिल कार्की, १३१, रेखा पार्की, ११६
कमला कार्की १२८, राजेन्द्र बोहरा ११९
बसन्ती धामी १२७, रोशन मन्याल १२०
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया