दार्चुलामा पहिलो पटक महिला सीडीओ, किरण जोशी आउदै

दार्चुला । गृह मन्त्रालयले दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बन्न सफल हुनुभएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो ।

आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवा गर्ने अवसर पाएकोमा उहाँले खुशी लागेको बताउनुभयो । बैतडीमा जन्मनुभएका जोशी यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँले लोकसेवासम्बन्धी पुस्तकसमेत लेख्नुभएको छ । हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उहाँले बताउनुभयो । निजामति सेवामै रहनुभएका उहाँले श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेख्नुभएको हो । सिद्धराज जोशी यसअघि बैतडी, दार्चुलाको सीडिओ भइसक्नुभएको छ । -गोरखापत्रबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?