सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लगिदै, गराडी स्वास्थ्य चौकीमा स्टेचर समेत पाइएन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका वडा नम्बर २ लगायत विभिन्न वडामा सडक सञ्चालनमा नहुँदा बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका वडा नम्बर २ पिपलकोट गराडीका १८ वर्षीया प्रिति जोशीको बुधबार (आज) एक्कासी श्वाशप्रश्वासमा समस्या आएपछि अस्पताल लैजानुपर्ने भयो । बोकेर अस्पताल लैजानका लागि स्टेचरको खोजि गर्दा गराडी स्वास्थ्य चौकीमा स्टेचर समेत नपाएको बिरामीका दाइ पुष्कर जोशीले बताउनुभयो ।

नजिकैको स्वास्थ्य चौकीमा स्टेचर समेत नपाएपछि तीन घण्टा लगाएर ढाकरा गाउँबाट पुरानो स्टेचर खोजेर अस्पताल लगिएको उहाँले बताउनुभयो । यो विषयमा गराडी स्वास्थ्य चौकीका अहेब गणेश भट्टलाई बुझ्दा स्वास्थ्य चौकीमा भएका स्टेचरहरु गाउँमा लगेर फिर्ता नगरेका कारण समस्या भएको बताउनुभयो ।

स्वास्थ्य चौकीसंग चार/पाँच स्टेचर थियो, काम पर्दा विभिन्न गाउँका स्थानीयले स्टेचर गलेर फिर्ता नगरेका कारण आज स्टेचर भएर पनि नभएझै भएको अहेब भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?