दार्चुला । दार्चुलाको चीनसंग जोडिएको टिंकर नाका सञ्चालनका लागि पहल गरिएको छ । नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, दार्चुलाका अन्य सरोकारवालाहरुसहितको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदूत चेन गीतसँग शिष्टाचार भेट गरेर टिंकर नाका सञ्चालनको माग गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को प्रकोपपछि टिंकर पास र पुरुङ काउन्टी नाका बन्द हुँदा नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल भएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, चीनिया राजदुतको प्रतिक्रियाले हामी धेरै खुसी भयौं, महामहिमले एक महिनाभित्र पुरुङ काउन्टी सञ्चालनमा आउने आश्वासन दिनुभएको छ ।
दुई देशबीचको सहकार्य, व्याँस गाउँपालिका र पुरुङ प्रविडेन्सबीच भगिनी सम्बन्ध स्थापना गर्ने र अन्य सहयोगका क्षेत्रमा थप छलफल गर्ने अवसर पाएको उहाँले बताउनुभयो । टिंकर नाका बन्द हुँदा नेपाली व्यापारीहरु समस्यामा परेका छन् । नाका सञ्चालनमा नआउदा धेरै व्याँसबासीको रोजगारी समेत गुमेको बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया