दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सात दिने उद्यमशिलता, नेतृत्व विकास तथा सीप विकास तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय दार्चुलाको आयोजना तथा अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा महिलाहरुका लागि सात दिने उद्यमशिलता, नेतृत्व विकास तथा सीप विकास तालिम आज एक ओैपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो ।
उक्त तालिममा अपिहिमाल गाउँपालिका अन्तरगतका २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया