दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सात दिने उद्यमशिलता विकास, रोजगारीमुलक सीप विकास र क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय दार्चुलाको आर्थिक सहयोगमा लेकम गाउँपालिकाको महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाको सहजिकरणमा उद्यमशिलता विकास तालिम सम्पन्न भएको हो ।
लेकमका छ वटै वडाका २० जना विपन्न, दलित तथा आर्थिक अवस्था कमजोर रहेका महिलाहरुलाई उधमशिलता विकास, रोजगारीमुलक सीप विकास र क्षमता अभिबृद्धि सम्बन्धि तालिम प्रदान गरिएको लेकम गाउँपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता जोशीले जानकारी दिनुभयो । सात दिने तालिमको शनिबार (आज) समापन गरिएको हो ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता जोशीले गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले सिकेको सीप लाई जीवन व्यवहारमा लागु गर्न सुझाब दिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया