दार्चुला । दार्चुलाको गोकुलेश्वर बजारमा पत्रकार हरि प्रसाद जोशी माथि हातपात भएको छ । शैल्यशिखर नगरपालिका-९ बस काउन्टर नजिक व्यवसायी मनोज साउद र उनका बुबा नरी साउदले गतिशील नेपाल व्यक्तित्व विकासका अध्यक्ष एबं न्यूज २४ टेलिभिजनका दार्चुला संवाददाता, प्रेस सेन्टर नेपाल दार्चुलाका अध्यक्ष समेत रहनुभएका जोशीमाथि हातपात गरेको आरोप लागेको छ।
नेकपा (एमालेले) सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका बारेमा रिपोर्टिङ गरिरहेका बेला साउँदले जोशीमाथि सार्वजनिक स्थानमा पार्टीगत पत्रकारिता गर्नेगरेको आरोप लगाएपछि त्यसको प्रतिवाद गर्ने क्रममा आक्रमण भएको बताइएको छ । जोशीलाइ चुनावमा गठबन्धनको पैसा बाडेको र माओवादी निकट भएर पक्षपाती पत्रकारिता गर्ने गरेको साउँदको आरोप थियो । दुबै पक्षबीच केहीबेर भनाभन भएको प्रतक्षदर्शीहरूले बताएका छन् । वादप्रतिवादकै क्रममा हातपातको प्रयास भएपछि प्रहरीले हातपात गर्नेलाई नियन्त्रणमा लिएको बताइएको छ ।
पत्रकार जोशीले कानुनी उपचार खोज्ने र त्यसका लागि प्रहरीमा निवेदन दिईसकेको बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पत्रकारमाथि भौतिक आक्रमण गर्न नपाइने भन्दै घटनाबारे सत्यतथ्य छानवीन गरि दोषीलाई कार्वाही गर्न नेपाल पत्रकार महासंघ दार्चुलाले समेत विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया