दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा स्थानीय अन्नबाली जौँ बाट विस्कुट उत्पादन हुने भएका छन्।
गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत रोजगारी सिर्जना गर्ने गरी गाउँपालिकाले एक दर्जन बढी स्थानीय महिलाहरुलाई स्थानीय जौँ बाट विस्कुट बनाउने तालिम दिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । स्थानीय जौँ बाट विस्कुट उत्पादन गरेर निकट भविष्यमा नै बजारमा आउने उहाँको भनाइ छ। स्थानीय उत्पादनको बजारीकरणका लागि समेत पहल भइरहेको अध्यक्ष बोहराले बताउनुभयो ।
अपिहिमाल गाउँपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड काठमाडौं बिच अपिहिमाल गाउँपालिका भरिका किसानहरुले उत्पादन गरेका रैथाने बालिहरु फापर, कोदो, जौ, कागुनो चिनो र दलहन बाली सिमि, घ्यु सिमि, राज्मा रातोसिमी लगायतका दलहन बालिलाई स्थानीय किसान सहकारीबाट खरिद गरि अपिहिमाल गाउँपालिकाले संकलन भण्डारण र प्रसोधनको व्यवस्था समेत गर्ने भनि सहमति पत्रमा हस्ताक्षर गरिएको छ।
अपिहिमाल गाउँपालिकाले संकलन गरि प्रसोधन गरेका खाद्य बस्तुलाई गुणस्तरिय बनाएर काठमाडौं लगायतका प्रमुख सहरका उपभोक्तालाई लाभ पुर्याउने गरी बजारीकरण गर्न दुई पक्षको आपसी सहमतिमा मूल्य निर्धारण गरिने सम्झौता पत्रमा उल्लेख छ । प्याकेजिङ र बजारीकरणमा खर्च खाद्य व्यवस्था तथा ब्यापार कम्पनी काठमाडौंले गर्ने छ। गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष भगत ठेकरे बोहरा र उपाध्यक्ष देवकी देबि बोहरा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द र विभागीय प्रमुख भिम बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया