दार्चुलाको नौगाडस्थित भिरमा युवक र युवती मृत फेला

दार्चुला । दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिकाको सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षीय युवक र युवतीको शव फेला परेको हो।

युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। युवकको शव भिरमा अडकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले भर्खरै युवतीको परिचय खुलेको जानकारी दिनुभयो । मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिला धामी भएको खुलेको छ।

उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन। यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ।

राति भएकाले युवकको शव झिक्न सकिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

बिहिबार बिहान साढे ७ बजेतिर ती युवक र युवतीसँगै बासिडाँडा बाटोमा बसिरहेको स्थानीयले देखेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?