दार्चुलामा बिसु पर्व मनाएर घर फर्किँदै गरेका दुई जनाको भिरबाट लडेर ज्यान गयो

दार्चुला । दार्चुलाको मार्मामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर दुई जनाको ज्यान गएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर ज्यान गएको हो ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिहले बताउनुभयो ।

घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट इन्सपेक्टर (प्रहरी निरीक्षक) को टोली घटनास्थलमा गएको जिप्रका दार्चुलाले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?