दार्चुला । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिनुभएको छ । आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
उहाँ नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नुभएको हो । साथै नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजसहित आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि उहाँले चैत १७ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ। आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत पूर्णता नपाएको भन्दै आलोचना समेत भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया