दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई नेपाली कांग्रेश मालिकार्जुन गाउँकार्यसमितिले १४ बुँदे ध्यानआकर्षण पत्र बुझाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा अहिलेसम्म गरेका काम-कार्वाहीमा भए गरेका कमीकमजोरीहरूलाई समावेश गरेर निर्णय सच्याउन तथा कमिकमजोरी सुधार गरि जनतालाई सुशासनको प्रत्याभूति हुने गरि काम कार्वाही गराउन १४ बुँदे ज्ञापन पत्र बुझाइएको नेपाल विद्यार्थी संघ दार्चुलाका सह-सचिव एकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेश मालिकार्जुन गाँउपालीका सभापती किशन सिंह सामन्त र नेपाली कांग्रेसका नेता एवम पूर्व गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको नेतृत्वको टोलीले एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीलाई ध्यानआकर्षण पत्र हस्तान्तरण गरेको उहाँले बताउनुभयो । ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा मालिकार्जुन गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, कार्यपालिका सदस्य धन सिंह धामी, बहादुर चन्द, गोकर्ण सिंह धामी, नेपाली कांग्रेस मालिकार्जुन गाँउपालीका कार्यसमिति पदाधिकारीहरु, वडा सभापतीहरु लगायतको सहभागिता रहेको उहाँले बताउनुभयो ।
गाउँपालीका अध्यक्ष हिरा सिंह धामीलाई पूर्व जानकारी गराउदा समेत बाहना बनाई उपस्थित हुन नसक्ने बताएको ध्यानआकर्षण पत्र बुझाउन पुगेका कांग्रेश नेता नरेन्द्र धामीले बताउनुभयो । गाउँपालिका अध्यक्ष धामीले भने जिल्ला सदरमुकाम खलंगामा आफ्नो पुर्वनिर्धारित कार्यक्रम रहेकोले उपस्थित हुन नसकेको र जनताका समस्या समाधानमा आफुहरु पूर्ण प्रतिवद्ध रहेको प्रतिक्रिया दिनुभयो ।
नेपाली कांग्रेश गाउँकार्यसमितिले मालिकार्जुन गाउँपालिकालाई बुझाएको ज्ञापनपत्र यस्तो छ




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया