दार्चुला । नेपाली सेनाको टोली दार्चुलाको व्याँस गाउँपालिका–१ मा पर्ने चीन संगको सीमानाका टिंकर भञ्ज्याङसम्म पुगेर फर्किएको छ । गत चैत्र २१ गते गुरु गोरख गुल्म खलंगा ब्यारेकबाट हिडेको नेपाली सेनाको टोली ११ दिन पछि टिंकरमा रहेको पिलर नम्बर १ को स्थलगत अनुगमन निरीक्षण गरेर फिर्ता भएको हो ।

नेपालको बाटो हुँदै गएको नेपाली सेनाको टोलीले पिलर नम्बर १ पुगेर सीमास्तम्भको बारेमा जानकारी लिएको छ । उक्त टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र बाहिनीपति सहायकरथी पुरुशोतम ढकालले छाङरु पुगेर भेट्नु भएको छ । आइतबार हेलिकप्टर मार्फत जानुभएका उहाँहरुले टिंकर पुगेको टोलीलाई भेटेको हो । पिलर नम्बर १ हिँउले ढाकेको अवस्थामा फेला प¥यो, हिँउ सफा गरेर सीमास्तम्भ बारे जानकारी लिएर टोली तल झर्यो, ढकालले भन्नुभयो, पिलर नम्बर १ गएको टोली फिर्ता भएर व्याँस गाउँपालिकामा पुगेको छ । टोली १० गते दार्चुला सदरमुकाम खलंगा पुग्ने बताइएको छ ।

गत मङ्सिर यता मानविय उपस्थिति सुन्य रहेको टिंकरमा नेपाली सेनाको टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ । नेपाली सेनाको टोलीले व्याँस गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर गाउँबस्तीको अवस्था, बाटोघाटोको अवस्थाका बारेमा पनि जानकारी लिएको छ । वर्षमा एक पटक चीन संगको सीमानाकाको अवस्थाबारे नेपाली सेनाले जानकारी लिदै आएको छ । गर्मीयामको ६ महिना टिंकर र छाङरुमा बसोबास गर्ने सौका समुदायका मानिसहरु हिँउदेयाम सुरु भएसंगै गत मङ्सिरमा खलंगा झरेका थिए । गर्मी बढेसंगै व्याँसी सौँका समुदाय गाउँ फर्किने तयारीमा रहेका छन् । टिंकरको छ्यालेकमा बस्दै आएको नेपाल प्रहरीको टिंकर सीमा प्रहरी चौकी पनि हिँउ परेपछि छाङरु झरेको थियो । मानव बस्ती र सुरक्षाको अवस्था सुन्य रहेको समयमा नेपाली सेनाको टोलीले त्याहाको सीमा सुरक्षाको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो । गत वर्षदेखि छाङरुमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बाहै महिना बस्ने गरेको छ ।

स्थानीयसंग अन्तरक्रिया
नेपाली सेनाका सुदूरपश्चिम पृतनापति विजय थापा नेतृत्वको टोलीले व्याँस गाउँपालिका–१ छाङरु र टिंकरका जनप्रतिनिधि र स्थानीयबासिन्दासंग अन्तरक्रिया गरेको छ । सदरमुकाम खलंगामा त्याहाका स्थानीयहरुसंग बाटोघाटोको अवस्था र विविध पक्षका बारेमा छलफल भएको थापाले बताउनुभयो । स्थानीयले नेपालकै बाटो भएर छाङरु र टिंकर सम्म जाने गरी पैदल बाटो निर्माण गरिदिन नेपाली सेनालाई आग्रह गरेको छलफलमा सहभागि वडाअध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो ।

व्याँसबासीले बसाई सर्दा भारतको बाटो भएर सर्नुपर्ने तथा सधै भारतको अनुमति आवश्यक पर्ने भएकोले नेपालकै बाटो भएर जाने इच्छा व्यक्त गरेको सुदूरपश्चिम प्रदेशसभा पुर्वसदस्य तथा छाङरुका स्थानीय गेल्बुसिंह बोहराले बताउनुभयो । लालाबाला र बस्तुभाउसहित बसाई सर्दा भारतले विभिन्न बाहाना बनाएर अनुमति नदिने तथा आउदाजादा दुःख दिने गरेको स्थानीयको गुनासो छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकको गति सुस्त रहेको र गाउँसम्म जान घोरेटो बाटो समेत नभएको छाङरु र टिंकरबासीको गुनासो छ ।

तस्बिर सौजन्यः पत्रकार किरन धामी/दार्चुला ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?