सरकारले गर्यो जग्गा कित्ताकाट खुला गर्ने निर्णय

दार्चुला । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार (आज) मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताउनुभयो ।

उहाँले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?