दार्चुलामा तुइनबाट खसेर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ । व्याँस गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो ।

घरबाट भारतीय बजार धारचुला समान किन्न जाने क्रममा तल्लो दुम्लीङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिनुभयो । नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?