दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले टोल फ्री र अडियो नोटिस बोर्ड सेवा सुरू गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत टोल फ्री नम्बर र अडियो नोटिस बोर्ड सेवा सुचारू गरेको जनाएको छ ।
टोल फ्री सेवाका लागी १८१०५०००४२२ नम्बर राखिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामीले बताउनुभयो । उक्त नम्बरमा फोन गर्दा पैसा लाग्नेछैन् । यस्तै अडियो नोटिस बोर्ड सेवाका लागि 1618070709503 डायल गर्नुपर्नेछ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया