चट्याङमा परेका घाइतेहरुलाई दुहुँ गाउँपालिकाको राहत

दार्चुला । गत हप्ता दार्चुला जिल्लाको व्याँस गाउँपालिका-२ हुन्दुन्ली क्षेत्रमा यार्सागुम्बा खोज्न गएको बेला चट्याङ लागेर घाइते भई हाल काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत दार्चुला जिल्ला दुहुँ गाउँपालिका २ हिकिलाका महेश बडाल, दुहु गापा १ बास्पालीका आन सिंह महर र उहाकै श्रीमती पानमती महरलाई दुहु गाउँपालिकाले तत्काल राहतस्वरुप जनही २०/२० हजारका दरले जम्मा रु. ६०,०००/- (साठी हजार रुपैया) उपलब्ध गराएको छ ।

दुहु गाउँपालिकाले उपलब्ध गराएको उक्त रकम दुहुँ गाउँपालिका वडा नम्बर ५ गरमोरा घरभई हाल काठमाडौं बस्नुहुने अधिवक्ता कृष्ण महराले हस्तान्तरण गर्नुभएको थियो ।तिनै जना घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुक रहेको अधिवक्ता महराले जानकारी दिनुभयो ।

यसैबीच पूर्वमन्त्री गणेशसिंह ठगुन्ना लगायतले यार्सागुम्बा खोज्न गएको बेला चट्याङ लागेर घाइते भएका तीनै जनालाई उपचाररत अस्पतालमा भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । तीनै जना घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र भेटमा उनिहरूलाइ सीघ्र स्वास्थ्यलाभको कामना गरिएको अधिवक्ता महराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?