दार्चुलामा थ्रेसरको पट्टामा बेरिएर घाइते बालकको मृत्यु

दार्चुला । दार्चुलामा गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीस्थित मल्लामट्टे बस्ने कक्षा ५ मा अद्ययनरत १३ वर्षीय बालक विनोद सिंह धामी गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते हुनुभएको थियो ।

घरभन्दा ५ सय मिटर टाढा गहुँ चुटिरहेको अवस्थामा थ्रेसरको पट्टामा धामीले लगाएको ज्याकेट बेरिन गइ घाइते भएको र उपचारको क्रममा बेलुकी ८ बजेर २० मिनेटमा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?